व्यवसायिक कृषि उत्पादन केन्द्र (ब्लक) विकास कार्यक्रम

राष्ट्रिय प्राथमिकता र स्थानिय सम्भाव्यताका आधारमा तोकिएको पूर्वाधारहरु भएको र तोकिएको बाली÷वस्तुमा न्यूनतम १०० हेक्टरमा (मोैरी,च्याउ,हाइटेक ग्रीनहाउस/प्लाष्टिक हाउस,मत्स्य पोखरीको हकमा कार्यविधिमा व्यवस्था भए अनुसारको संख्या तथा छेत्रफलमा)सञ्चालन भउको व्वसायिक कृषि उत्पादन केन्द्रका रुपमा ब्लकहरु रहनेछन् । जिल्लास्तरमा कृषि उत्पादन केन्द्रका रुपमा ब्लकहरु रहनेछन् । जिल्लास्तरमा कृषि छेत्रको आधुनिकरणमा योगदान पुप्याउने गरी ब्लकमा समावेशगरिएका बाली÷वस्तुको उत्पादन तथा उत्पादकत्व वृदि गर्नु, ब्लक छेत्रमा कृषि यन्त्रिकरण,कृषि पूर्वधार विकास तथा व्यवसायिकरण प्रबद्र्दन गर्नु यस्ता व्यवसायिक कृषि उत्पादन केन्द्र(ब्लक) विकास कार्यक्म संञ्चालनका उद्देश्यहरु रहेका छन् । 

परियोजना सञ्चालनको प्रथम वर्षमा प्रत्यक जिल्लामा अनूसूची ५ मा उल्लेख बमोजिम प्रति जिल्ला २ वटाका दरले १५० यस्ता व्यवसायिक उत्पादन केन्द्रहरु रहेछन् । परियोजना अवघिमा सम्भाव्यताका आधारमा ब्लक संख्या १५०० पुर्याईनेछ । सम्बन्धित सञ्चालक समितिले आवश्यकता अनुसार निर्णय गरी बलक छेत्र विस्तार गर्न सकनेछ । यस कार्यक्रमबाट व्यवसायिक कृषक समुहहरु तथा सहकारीहरु, जलउपभोक्ता समूहहरु , निजि कृषि उद्ममी तथा व्यवसायिहरु लाभान्वित हुनेछन् ।

ब्लक छेत्रमा रासायनिक तथा प्राङ्गारिक मल , उन्नत तथा हाइब्रिड बीउ विजन , रसायनिक एवं जैविक विषादहिरु लगायतका उत्पादन सामाग्रीहरुमा अनुदान सहयोग उपलब्ध गराईनेछ । ब्लकमा सम्बन्धित बाली÷वस्तुमा सहभागितात्मक व्यवसायिक उत्पादन प्रविधि प्रर्दशन सञ्चालन गरिनेछ । ब्लकमा समबन्धित बाली / वस्तुको उत्पादन प्रविधि ,बजारिकरण , मूल्य विकास लगायतका विविध पछहरु समेटिने गरि स्थलगत तालिम कार्यक्रम सञ्चालन गरिनेछ । यान्त्रिकरण प्रबद्र्दनका लागी उत्पादन देखि बजारिकरणसम्म आवश्यक पर्ने सबै प्रकारका मेसिनरी औजार उपकरणको सेट सहितको सेवा उपलब्ध गराउन custom Hiring Centre (CHR) स्थापनाका लागी पूजीँगत अनुदान उपलब्ध गराइनेछ । त्यस्तै , व्यवसायिकरणका लागी प्राथामिक प्रशोधन क्न्द्र , गोदाम घर,ग्रेडिंग लगायतका उत्पादनोपरान्त आवश्यक पूवधारहरु रहेको एक पोष्ट हार्भेष्ट स्न्टर निर्माण गरिनेछ ।

पूर्वाधार विकास सहयोगतर्फ लिफ्रट सिंचाइ, डिपि तथा स्यालो टयुववेल जडान , सिंचाई कुलो मर्मत तथा सुधार , आवश्यक कृषि पूर्वाधारहरु (community seed bank, processing, grading and packaging units, marketing infrastructures, plant quarantine infrastructure /laboratory) लगायतमा सहयोग पुर्याइनेछ । 

ब्लक कार्यक्रम व्यवस्थापनका लागि ब्लक स्तरमा व्यवस्थापन समिति रहनेछ भने समग्र कार्यक्रमको सहजिकरण तथा अनुगमन सम्बन्धित जिल्लाको जिल्ला कृषि विकास कार्यलय मार्फत हुनेछ । विस्तृत कार्यविधि बनाई ब्लक कार्यक्रम संञ्चालन गरिनेछ ।

परियोजना अवधिको लक्ष्य २०७३/७४ २०७४/७५ २०७५/७६ २०७६/७७ २०७७/७८ २०७८/७९ हाल सम्म
१५०० १४३ १४६ ३३६ ६०६ १२२७ १५८७ १५८७